Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

मानब बेचबिखन मुद्दाका दोषी पक्राउ

मानब बेचबिखन मुद्दाका दोषी पक्राउ
बागमती सन्देश
२ साल अगाडी

नुवाकोट – मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दोषी ठहरिएका दुप्चेश्वर गाउँपालिका-६ की फरार अभियुक्त लक्ष्मी दमाई (नेपाली)लाई प्रहरीले पक्राउ गरेको छ ।

अदालतको फैसलापछि फरार रहेकी लक्ष्मीलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा काठमाडौंको नयाँ बसपार्कबाट पक्राउ गरेको छ ।

वि.सं. २०७५ पुष २२ गते १७ वर्षिया बालिकालाई ललाई फकाई भारतको नयाँ दिल्ली पुर्‍याई बेच्ने र बेश्यगमनको काममा लगाउने कार्यमा संलग्न भएको आरोपमा उनलाई उच्च अदालत पाटनले २०७९असार १९ गते ७ बर्षको कैद सुनाएको थियो ।

फैसला हुनुअघि देखि नै फरार रहँदै आएका लक्ष्मीलाई पक्राउपश्चात् नुवाकोट जिल्ला अदालतबाट फैसला कार्यान्वयनका लागि सोमबार जिल्ला कारागार चलान गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश