विदुर – नुवाकोट स्थायी बसोबास भएका संसारभर रहेका नुवाकोटेहरुको संस्था अन्तर्राष्ट्रिय नुवाकोट समाज स्थापना भएको छ । भेलाले ईन्द्र सिटौलाको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति गठन गरेको छ ।
संस्थाको वरिष्ठ उपाध्यक्षमा रामबाबु पाण्डे, उपाध्यक्षहरुमा राघब लामिछाने, बसन्त पाण्डे, कोमल डोटेल र रामहरी धिताल सर्वसम्मत चयन भएका छन । महासचिवमा सन्जिव उप्रेती, सचिवमा आदित्य थापा र बिनय खतिवडा, कोषाध्यक्षमा ईश्वर अधिकारी चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा राजेन्द्र अधिकारी, बिष्णु खड्का, गोकर्णराज पाण्डे, गंगा अधिकारी खनाल, अस्मिता रिमाल, देबकी पन्त, शिवराम लामिछाने, निरन्जन रिसाल, रमेश गिरी, शंकर सिलवाल र बिरोचन नेपाल रहेका छन् ।
संस्थाको सल्लाहकारहरुमा बिष्णुमान प्रधान, अमृत सापकोटा, बासुदेव भण्डारी, कृष्ण लोहनी, सुजन पण्डित, बुद्धीमान तमाङ्ग, राजेश अर्याल, कोपिला अधिकारी, रामचन्द्र भट्ट, किशोर पण्डित, महेश खड्का, बिष्णु रानामगर, हरीराम भण्डारी, बिष्णु खनाल, योगेश आदी, कपिल भण्डारी, बिनी पाण्डे, दामोदर दास, शर्मिला दाहाल, रामकृष्ण भट्ट, सन्तु तमाङ्ग, कल्पना पाठक थपलिया, अनु तामाङ्ग र बिष्णु आचार्य रहेका छन् ।
संस्थाको सम्पर्क सदस्यहरुमा जापानबाट भानु आचार्य, गोबिन्द भण्डारी र सुरज दाहाल, बेल्जियमबाट स्पर्शजंग पाठक, अस्ट्रेलियाबाट बिष्णु सिटौला, युकेबाट सुनिता थापा, न्युजिल्याण्डबाट अच्युत मैनाली, बद्री पाण्डे र दिबश श्रेष्ठ, कतारबाट सुजन तिम्सिना, मकाउबाट बासु सिटौला र नर्वेबाट सरोज थापा रहेका छन भने क्यानाडा संयोजकमा आनन्द नेपाल, पोर्चुगल संयोजकमा राज अधिकारी, पोल्यान्ड संयोजकमा कृष्ण थापा र नुवाकोट पञ्चकन्या गाउंपालिका संयोजकमा सुदिप बुढाथोकी चयन भएका छन् ।
नवनिर्वाचि अध्यक्ष सिटौलाले नुवाकोटको ठुलो जनशक्ति अहिले संसारका विभिन्न देशहरुमा पुगेको र उनीहरुलाई एउटै संस्थामा आबद्ध गराई आफ्नो जन्मस्थानप्रतिको सम्बन्ध मजबुद बनाउन र जिम्मेवारी बोध गराउन संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
संस्थाले आगामी दिनमा नुवाकोट, अमेरिका र संसारभर आवश्यक पर्दा मानविय र सामाजिक कार्यहरु गर्ने जनाएको छ ।




प्रतिक्रिया