विदुर – जिल्ला प्रहरी कार्यालय नुवाकोटले बालिका बलात्कारको अभियोगमा जिल्लाको विदुर नगरपालिका वडा नम्बर ७ भित्रीनिटारका भुषण बोगटीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तीलक भारतीका अनुसार जेठ २४ गते बालिकाको आफन्तले उजुरी गरेलगत्तै अभियुक्तलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जानकारी दिए । बोगटीमाथि प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।
बोगटीले ११ वर्षीया एक बालिकालाई जेठ २४ गते बिहान ६ः३० बजेको समयमा जबरजस्तीकरणी गरेको आफन्तले बताएका छन् ।
पीडित बालिकाले अभिभावकलाई भुषणले गरेको जवर्जस्तीको विवरण सुनाए लगत्तै प्रहरीलाई खबर गरिएको थियो । त्यसपछि प्रहरीले बालिकालाई स्वास्थ्य परीक्षणका लागि तत्काल त्रिशुली अस्पताल लगेको थियो ।
बालिकाले प्रहरीले लिएको बयानमा पनि भुषणले बलात्कार गरेको बताएको प्रहरी स्रोतले बताएको छ ।
यद्यपी अस्पतालको स्वास्थ्य परीक्षण प्रतिवेदनका बारेमा प्रहरीले केही बताएको छैन । सुरूमा पक्राउ परे लगत्तै कसुर स्वीकार गरेका बोगटीले पछि वयान फेरेको प्रहरीले स्रोतले जनाएको छ ।




प्रतिक्रिया