नुवाकोट – किस्पाङ गाउँपालिकाले आगामी आर्थिकवर्ष २०८१/०८२ का लागि ४६ करोड ८५ लाख ९८ हजार पाँच सय एक रुपैयाँ विनियोजन गरेको छ ।
साेमबार आयोजित १४औं गाउँसभामा गाउँपालिका उपाध्यक्ष अर्जुनप्रसाद न्याैपानेले आगामी आवका लागि आयव्यय पेश गरेका हुन् । चालुतर्फ ३३ कराेड ३५ लाख ४८ हजार ५०१ र पूँजीगततर्फ १३ कराेड ५० लाख ५० हजार रहेको बजेट वक्तव्यमा उल्लेख छ ।
गाउँसभामा पालिकाका अध्यक्ष विरबल तामाङले नीति तथा कार्यक्रम पेश गरेका थिए । अध्यक्ष तामाङले आगामी आर्थिक वर्षमा गाउँपालिकाको शिक्षा, सूचना केन्द्र, प्रतिभा खाेजि र सम्मान, भाषा तथा संस्कृति, प्राचिन प्राकृति चिकित्सालगायतमा जोड दिएका छन् ।
गाउँसभाले लोकल मदिरा उत्पादन तथा प्रर्वद्धन कार्यक्रम पनि ल्याएको छ ।




प्रतिक्रिया