नुवाकोट – ककनी गाउँपालिका-४ ओख्लेबाट अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।
६० वर्षीय कृष्ण बहादुर तामाङलाई अवैध भरुवा बन्दुकसहित घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक तीलक भारतीले जानकारी दिए ।
आफ्नै घरमा अवैध रुपमा लाइसेन्स विना घरेलु हतियार लुकाई छिपाई राखेको गोप्य जानकारीका आधारमा साउन २ गते बिहान प्रहरी टोली गई उनको घरमा खानतलासी गर्दा अवैध रुपमा लुकाई छिपाई राखेको घरेलु हातहतियार (भरुवा बन्दुक ) एक थान फेला परेकाले बरामद गरिएको प्रहरी नायव उपरीक्षक भारतीले जानकारी दिए ।
थप अनुसन्धानकाे लागि हिरासतमा राखेकाे प्रहरीले जनाएकाे छ ।




प्रतिक्रिया