नुवाकोट – दुप्चेश्वर महादेव मन्दिर दर्शन गर्न गएकी एक वृद्धा खोलाले बगाएर बेपत्ता भएकी छिन् ।
आज सोमबार बिहान ९ बजेर ३० मिनेटमा मन्दिर नजिकको तादी खोलामा नुहाउने क्रममा ढुङ्गामा चिप्लिएर होमकुमारी अधिकारीलाई खोलाले बगाएको सूर्यगढी गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घलेले जानकारी दिए ।
दिउँसो १ बजेर १० सम्म फेला नपरेकोले बेपत्ता भएकी अधिकारीको खोजी गर्न पालिका अध्यक्षले सहयोगको अपिल गरेको छ।
स्थायी घर सुर्यगढी गाउँपालिका वडा नम्बर ३ रहेको अधिकारी हाल नेपालटार बस्दै आएकी खरानीटार प्रहरीले जनाएको छ ।




प्रतिक्रिया