नुवाकोट । पटकपटकको स्थगन हुदैं आएको नेपाल पत्रकार महासङ्घको निर्वाचन अन्तर्गत आजको लागि तय भएको उम्मेदवार मनोनयन कार्यक्रम अन्तिम समयमा आएर स्थगित गरिएको छ । निर्वाचन समितिले अर्को सूचना नआएसम्म उम्मेदवार मनोनयन कार्यक्रम स्थगित भएको जनाकारी दिएको हो ।
समितिले एक सूचना जारी गर्दै भनिएको छ – “नेपाल पत्रकार महासङ्घको केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा, प्रतिष्ठान शाखा, संस्थागत शाखाको २०८१ साल असोज १२ गते तोकिएको निर्वाचन सम्पन्न गर्नको लागि निर्वाचन कार्यक्रम प्रकाशन गरिएको विदितै छ । निर्वाचनको कार्यक्रम अन्तरगत उम्मेदवारको मनोनयन दर्ता गर्नको लागि २०८१ असोज ०४ गते मिति तोकिएकोमा नेपाल पत्रकार महासङ्घबाट प्राप्त पत्र अनुसार २०८१ असोज ०४ गतेको उम्मेदवारको मनोनयन दर्ता लगायतका कार्य तालिकामा समावेश कार्यक्रम अर्को सूचना जारी नभए सम्मको लागि स्थगित गरिएको जानकारी गराइन्छ ।”
नेपाल पत्रकार महासङ्घले तोकेको मिति र समयमा निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको निर्वाचन समितिले उल्लेख गरेको छ ।




प्रतिक्रिया