Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल टेलिकममा मल्टिपल टिभी जडान गर्न सक्ने

नेपाल टेलिकममा मल्टिपल टिभी जडान गर्न सक्ने
बागमती सन्देश
१ साल अगाडी

नुवाकोट – नेपाल टेलिकममा मल्टिपल टिभी जडान गर्ने व्यवस्था थप छ । कर्पोरेट ग्राहकहरुको मागलाई ध्यानमा राखी यो सुविधा ल्याएको हो।

यस सुविधाअन्तर्गत चार वटा वा सो भन्दा बढी टिभी जडान गर्ने कर्पोरेट ग्राहकहरुले सहुलियत दरमा बेसिक तथा प्रिमियम प्याकेजहरु खरिद गर्न सक्ने नेपाल टेलिकमले जनाएको छ ।

४ देखि १० वटा टिभी जडान गर्ने ग्राहकहरुले प्रति सेट टप बक्स २ हजार ९ सय अठ्तीस रुपैयाँमा १ वर्ष वारेन्टीसहित खरिद गर्न सक्नेछन् भने ११ वटा भन्दा बढी टिभी जडान गर्ने ग्राहकहरुले प्रति सेट टप बक्स २ हजार ८ सय पच्चीस रुपैयाँमा १ वर्ष वारेन्टीसहित खरिद गर्न सक्नेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश