Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

पूर्व वडाअध्यक्ष अधिकारीको निधन, एक दिने शोक विदा

पूर्व वडाअध्यक्ष अधिकारीको निधन, एक दिने शोक विदा
बागमती सन्देश
१ साल अगाडी

२८ वैशाख, नुवाकोट । सूर्यगढी गाउँपालिका-२ का पूर्व वडा अध्यक्ष बासुदेव अधिकारीको उपचारको क्रममा निधन भएको छ ।

आईतबार (आज) बिहान १२:३० बजे शिक्षण अस्पताल, महाराजगञ्ज काठमाडौंमा उपचारका क्रममा निधन भएको सुर्यगढ़ी गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घलेले जानकारी दिए।

गाउँपालिकाले एक सूचना जारी गर्दै वडा अध्यक्ष अधिकारीको निधन प्रति एक दिन शोक विदा दिएको छ ।

नेपाली कांग्रेसबाट २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा उनी सुर्यगढ़ी गाउँपालिका वडा नम्बर २ को वडाअध्यक्षमा५७६ मत ल्याएर पहिलो कार्यकालको लागि निर्वाचित भएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश