२१ जेठ, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको टोखा नगरपालिका र खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा वृक्षारोपण गरेको छ ।
बैंकले टोखा नगरपालिकाका विभिन्न विद्यालयहरुमा एक हजार वटा फलफुलको विरुवाहरु रोपण गरेको जनाएको छ । उक्त वृक्षारोपण कार्यक्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, विद्यालयका प्रध्यानापक, विद्यालयका प्रतिनीधीहरु र विद्यार्थी सहित स्थानीयहरुको उपस्थिती रहेको थियो ।
साथै, बैंकले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको विभिन्न वडाहरुमा १५०० वटा बाँसका विरुवाहरु रोपण गरेको छ । बैंकले सञ्चालन गरेको उक्त वृक्षारोपण कार्यक्रममा खोटाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति प्रमुख, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुख, नेपाली आर्मी र नेपाल प्रहरीका जिल्ला नेतृत्व तथा प्रतिनिधिहरु र स्थानीय व्यक्तीहरुको ठूलो उपस्थिति रहेको थियो ।
बैंकले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा यस आर्थिक वर्षमा मुलुकभर १८ हजार विरुवा रोपण गर्ने लक्ष्यका साथ विभिन्न स्थानमा वृक्षारोपण गरिरहेको छ ।
बैंकले विश्व वातावरण दिवसको अवसर पारेर सात वटै प्रदेशहरुको विभिन्न स्थानहरुमा वृक्षारोपण गरीरहेको छ ।
साथै, उक्त वृक्षारोपणले जलवायु परिवर्तन न्यूनीकरण तथा स्थानीयहरुको आयआर्जनमा सहयोग हुने विश्वास बैंकले लिएको छ ।




प्रतिक्रिया