Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

फरार अभियुक्त १७ वर्षपछि पक्राउ

फरार अभियुक्त १७ वर्षपछि पक्राउ
बागमती सन्देश
११ महिना अगाडी

२ असार, नुवाकोट । नुवाकोट प्रहरीले जीउ मास्ने बेच्ने मुद्दामा दोषी १७ वर्ष एक अभियुक्तलाई पक्राउ गरेको छ।

पुनरावेदन अदालत इलामले २०६५ सालमा तीन वर्ष आठ महिना चार दिन कैद सजाय सुनाएपछि फरार रहेका ५३ वर्षीय दावा तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक विक्रम लामाले जानकारी दिए।

पक्राउ पर्ने अभियुक्त साविक घ्याङफेदी गाउँ विकास समिति-५ हाल परिवर्तित दुप्चेश्वर गाउँपालिका-१ घ्याङफेदीका हुन् ।

प्रहरी चौकी समुन्द्रटारबाट खटिएको टोलीले उनलाई आफ्नै घरबाट पक्राउ गरेको जनाएको छ ।

सोमबार नुवाकोट जिल्ला अदालतमा पेश गरिएपछि अदालतको आदेशअनुसार उनलाई कैद भुक्तानका लागि केन्द्रीय कारागार कार्यालय खम्पाक्याप नुवाकोट चलान गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश