Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

सुरक्षित आप्रवासन कार्यक्रमको प्रभाव

सुरक्षित आप्रवासन कार्यक्रमको प्रभाव
बागमती सन्देश
११ महिना अगाडी

१३ असार, विदुर । नुवाकोटका चार पालिकामा सञ्चालनमा रहेको सुरक्षित आप्रवासन (सामी) कार्यक्रम वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र शोषणरहित बनाउन केन्द्रित रहेको पाईएको छ।

सामी कार्यक्रम विदुर नगरपालिकासहित बेलकोटगढी, लिखु गाउँपालिका र शिवपुरी गाउँपालिकामा सञ्चालन भइरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेलले जानकारी दिए ।

विदुर नगरपालिकाले बिहिबार विदुरमा आयोजित वैदेशिक राेजगारीलाई मर्यादित, सीपयुक्त, व्यवस्थित तथा सुरक्षित बनाउन आप्रावासी तथा आप्रावासनहरूका समस्या समाधान ताथा सम्बोधन गर्न पत्रकारिताको क्षेत्रबाट आवश्यक सूचना सम्प्रेषण अद्यावधिक गर्दै कार्यको विकास गर्न पत्रकारसँगको अन्तरक्रिया गरेको थियो ।

कार्यक्रमले वैदेशिक रोजगारीमा जानेहरूलाई भाषा, सिप, कानुनी प्रक्रिया र सम्बन्धित देशको जानकारी दिने काम गरिरहेको जनाएको छ।

सीप विकास तालिम, मनोपरामर्श सेवा, वित्तीय साक्षरता कक्षा, र विदेशमा अलपत्र परेकाको उद्धार जस्ता सेवा समेटिएका रोजगार शाखाका प्रमुख विष्णु राजभण्डारीले जानकारी दिए।

यो कार्यक्रम नेपाल सरकार, बागमती प्रदेश सरकार, स्थानीय तह र स्विस सरकारको सहकार्यमा चौथो चरणमा जिल्लाका चार पालिकामा सञ्चालन भइरहेको छ।

हेल्भेटास नेपालले सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत यस कार्यको समन्वय, कार्यान्वयन र अनुगमनमा भूमिका खेल्ने जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश