Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

रास्वपा नुवाकोटद्वारा हस्ताक्षर अभियान

रास्वपा नुवाकोटद्वारा हस्ताक्षर अभियान
बागमती सन्देश
११ महिना अगाडी

१४ असार, विदुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाटी सभापति रवि लामिछाने माथी गरिएको राजनैतिक प्रतिशोध विरुद्ध हस्ताक्षर अभियान सुरु गरेको छ ।

शनिबार जिल्लाका दुई स्थानमा सभापति लामिछानेमाथि गरिएको अन्याय विरुद्ध हस्ताक्षर अभियान सुरु गरिएको हो ।

रास्वपा नुवाकोटका सभापति रामेश्वर गजुरेलले ढुंगे र बट्टारमा हस्ताक्षर अभियान सुरुवात गरिएको बताए । उनका अनुसार विदुर नगरपालिका वडा नम्बर-१ ढुङ्गेमा ३३९ र वडा नम्बर २ बट्टारमा ६९९ जना गरी कुल एक हजार ३८ जम्मा हस्ताक्षर सङ्कलन गरिएको छ ।

पाटी सभापतिलाई सहकारी काण्डमा जेलमा राखेर पाटी सिध्याउने षड्यन्त्र जनताले बुझिसकेकाले त्यसको जवाफ ०८४ को चुनावले दिने उनले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश